मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी, १ असार । डोटीको बडीकेदार गाउँपालिका-३, सुनालेकमा मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गाउँपालिकाको वडा नं. ३ घाङलमा खाद्य सामग्री पुर्‍याएर फर्किँदै गरेको से१ख १२६२ नं. को मिनिट्रक दुर्घटना हुँदा सोही गाउँपालिकाका ४० वर्षीय डबल पुनमगर र उनका १४ वर्षीय छोरा धिरजको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । ट्रक चालक श्यामलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वीरगन्ज, ५ असोज । वीरगन्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । तीन जनाको आइतबार बिहान र एक

काठमाडौँ, ५ असोज । अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम, उत्तर-पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालका धेरैजसो ठाउँमा ठूलो

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय