सुनौली नाकाबाट उद्धार गरिएका युवकको भिरबाट हामफाल्दा मृत्यु

पोखरा, १ असार । क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा  पर्वतमा भीरबाट हाम फालेका एक जनाको मृत्यु  भएको छ ।

भारतबाट फर्केकाहरुलाई क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पवर्त कुश्मा–८ चुवा भन्ने ठाउँमा बागलुङ नगरपालिका वडा नम्बर १३ घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले हाम फालेका हुन् ।

पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार भारतदेखि फर्केर सुनौली नाका हुँदै रिजर्भमा आएको गाडी पर्वतको चुवा भन्ने ठाउँमा रोकिएको थियो । नेपाली गाडीबाट झरेर भिरमा गएर हाम फाल्दा उनको मृत्यु भएको हो

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका गरी १७ जना थिए । पर्वतको डिमुवामा केहीलाई झारेपछि बस बागलुङ र म्याग्दीका यात्रु लिएर जाँदै थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी