भारतले नेपाली भूमि फिर्ता ढिला गरे उसकै छवि विग्रन्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, १ असार । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले छिमेकी मुलुक भारतले नेपालको अतिक्रमति भूमि फिर्ता गर्न ढिलाई गरे उसकै छवि विग्रने चेतावनी दिनुभएको छ ।

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितको आफ्नो भूमि समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको साथै निशान छाप सम्बन्धी संविधान संसोधन समेत सर्वसम्मत ढंगले पारित गरीसकेको अवस्थामा भारतले कुटनीतिक वार्ता तथा छलफलको माध्यमबाट नेपाली भूमि फिर्ता गर्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता दिनुको अर्को कुनै विकल्प नभएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘संसदले सर्वम्मतिमा नयाँ नक्सा जारी गरेको अवस्थामा भारतले नेपाली भूमि फिर्ता गर्नुको विकल्प छैन । जति ढिला भयो उस्कै छवि विग्रने हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ८ असाेज । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट निधन भएको भएको छ । ६५ वर्षीय मन्त्री अंगडीको

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४०