तनहुँका पाँच जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ असार । तनहुँ जिल्लाका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

घिरिङ गाउँपालिकाको क्वारेन्टिमा बस्दै आएका, ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २०४ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार संक्रमितहरुलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।

यसअगाडि तनहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना