चट्याङ लागेर एक बालिकाको मृत्यु

भोजपुर, १ असार । भोजपुरको षडानन्द नगरपालिका-३ खार्ताम्छामा चट्याङ लागेर एक बलिकाको मृत्यु भएको छ ।

ट्याम्के मैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वस्थ्य चौकीमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि पठाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा