आइसोलेसनमा एक जनाको मृत्यु

काठमाडौँ, ३२ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ। क्वारेन्टाइनमा रहँदा बिरामी भएका गुल्मीस्थित धुर्कोट गाउँपालिकाका ४२ वर्षिय पुरुषको आइतबार दिउँसो ३ बजे मृत्यु भएको हो।

भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टाइनमा बसेका उनलाई तीन दिनदेखि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि शनिबार बुटवल ल्याइएको थियो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले मृतकलाई ज्वरोसँगै निमोनिया समेत देखिएकोले आइसोलेसनमा राखी उपचार भइरहँदा मृत्यु भएको जानकारी दिए।

पिसिआर परीक्षणको लागि स्वाव पठाइएको तर रिपोर्ट अझै नआएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् ।

काठमाडौँ, १० असोज  । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन्

काठमाडौँ, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा

काठमाडौँ, ९ असोज । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको