बैतडीमा एम्बुलेन्स दुर्घटना

बैतडी, ३० जेठ । धनगढीदेखि पुर्चाैंडी नगरपालिकातर्फ जाँदै गरेको म १ झ ११३ नं को एम्बुलेन्स विन्द्रावनमा बिहीबार राति ९ बजे दुर्घटनामा हुदा एकै परिवारका ३ जना घाइते भएका छन् ।

पुर्चाैंडी नगरपालिका वडा नं ५ का ५४ वर्षीय दिल बहादुर कुवँर, उनकी श्रीमती ४८ वर्षीया बेलमती कुँवर र छोरा २० वर्षीय रोहित कुवँर घाइते भएको प्रहरीले जनाएको छ ।

दिल बहादुर र बेलमतीको अवस्था गम्भीर रहेको छ भने छोरा रोहितको अवस्था सामान्य रहेको खोडपे प्रहरी चौकीका इन्चार्ज राम दत्त भट्टले जानकारी दिए । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकाे छ ।

एमबुलेन्स सडकबाट करीब २०० मिटर तल खसेको थियाे । तर चालक भने फरार रहेकाे प्रहरीले जनाएको छ । एमबुलेन्समा चालकसहित ४ जना सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा