आर्थिक वृद्धिदरको लक्ष्य ‘पर्ख र हेर’कै अवस्थामा, ‘अब दोहोरी नखेलौं’ : मन्त्री डा. खतिवडा

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले आगामी आर्थिक वर्षका लागि बजेटमा राखेको आर्थिक वृद्धिदरको लक्ष्य ‘पर्ख र हेर’कै अवस्थामा रहेकोले वर्तमान समयमा आर्थिक वृद्धिदरलगायतको विषयमा दोहोरी खेल्न आवश्यक नभएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव’को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भाग लिदै अर्थमन्त्रीले आर्थिक वृद्धिदरको लक्ष्यमा थप बहसको आवश्यकता नरहेको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धि प्राप्तिमा अधिकतम प्रयास गर्न र त्यसमा आफ्नो दलको साथ रहने समेत बताउनुभयो ।

कोरोनाको रोकथाम र नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । त्यसपछि जनजीवन सामान्य बनाएर आर्थिक क्रियाकलाप अगाडी बढाइने बताउँदै उहाँले कम स्रोतबाटै अधिकतम काम गर्न सकिने उपाय खोज्ने प्रयास गरिएको उल्लेख गर्नुभयो ।

यो वर्ष कृषि भण्डारण बढाउन २ सय वटा स्थानीय तहका लागि १ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराउँदै उहाँले राष्ट्रपति तथा प्रधानमन्त्रीका नाममा राखिएका बजेटलाई व्यक्तिको बजेटका रुपमा नसोच्न समेत आग्रह गर्नुभयो । विपद्को अवस्थामा तल्लो सरकारमा जाने बजेट समेत कटौती हुने प्रावधान परिस्थितिलाई ध्यानमा राख्दै राखिएको बताउँदै उहाँले प्रदेशर स्थानीय तहको अनुदान बजेटको आवश्यकताका आधारमा तल माथि हुन सक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा