देश बचाउन प्रधानमन्त्री केपी ओलीको ‘मिराकल’

निर्मल घिमिरे

यस आलेखको पुर्वार्धमा यो स्पस्ट पार्न चाहन्छु कि, पङ्तिकार औसत नेपाली झै एक सामान्य जगरुक नागरिक हो, जो आफ्नो रोजीरोटीको लागी परदेशिएको एक युवा हो । न त कुनै दलिय अरिङ्गाल सेना हु न त कुनै लाभ लिएको ब्यक्ती नै । तर म वर्तमान प्राधानमन्त्री ओलीको ब्यक्तीको होईन, ब्यक्तित्वको ‘ब्लाण्ड सपोर्टर फ्यान’ चाही पक्कै हो । केहि मित्रहरुले आलोचना गर्ने गरेको “ओलीको भक्तीगानमा खटिएको सेना” भन्ने आरोपलाई खण्डन गर्दै लेख सुरु गर्दै छु ।

नेपालको अत्यन्तै विकट तेह्रथुम जिल्लाको आठराइमा एक गरीब परिवारमा जन्मेर बाल्यकालदेखी नै सु-संस्कृत अनि सभ्य समाज निर्माणको लागी आफ्ना ब्यक्तिगत र पारिवारिक मोह त्याग गरी जीवनको लगभग सबै समय देश र जनताको हित कसरी गर्न सकिन्छ भनेर लागी परेका वर्तमान नेपालका सिद्द हस्तिपुरुष एबम सम्मानानीय प्रधानमन्त्रीलाई धेरै अगाडी नै नेपालको विकास गर्न सकने एक महान नेताको रुपमा मैले ‘बोधिबृक्ष’सँग तुलना गरी एक कृती लेखेको थिए । आज जसरी बिचलनमा आउनै लागेका नेपालीजनको हृदयमा राष्ट्रप्रेमको भाव दर्साइदिए अनि टुकृन लागेको नेपाली मन मस्तिस्कमा ‘बसुधैव कुटुम्बकम’ भावना सृजित गराइ मुलुकलाई सम्प्रदायिक द्वन्द्ध हुनबाट जोगाउने काम गरे, त्यसलाई एक महान हस्तीको रुपमा म उनलाई बुझ्दछु ।

जतिबेला छिमेकीले हाम्रो नुन तेल ल्याउने बाटो बन्द गरी हामीलाई उकुसमुकुस बनाएरहेको थियो । त्यसबेला कोही नेताजीहरु ऐस(आरमका साथ मस्त घुर्दै निदाइरहेका बेला उनि भिन्न आस्था र फरक बिश्वाश बोकेका सयौ थुङ्गा फुलहरुलाई समेटेर उनले जसरि सरा नेपालीजनलाई एउटै मालामा उनेर सबैभन्दा पहिला आफु जन्मेको धर्ती भनेको आमा हो र हाम्रो प्रमुख दायित्व भनेको हाम्रो आमालाई सकस पर्दा बलिदान गर्न पनि पछी नहटी सङघर्शको मैदानमा जसरि उनि सदियौ देखी खटिरहेका थिए । ठिक त्यसै गरी अहोरात्र खटेर हाम्रो देशलाई फिजी वा सिक्किम जस्तो औपनिबेसिक र अन्त मा बिलय हुनबाट जोगाउन महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण, उनि असाधरण क्षमताका ब्यक्ती हुन सिद्ध भैसकेको छ । यस अघीको नौ महिने कार्यकालमा उनले सुरु गरेका ‘निड बेस डेभलेप्मेण्ट’ अनि दिर्घकालिन महत्वका बिकाशका प्रायसको कारण पनि उनको खाचो राष्ट्रलाई परेको भान सारा जनमानसमा भित्री रुपमा परेको कारण नै हो उनको नेतृत्वमा दक्षिण एसिया कै सबैभन्दा बढी लोकप्रिय राजनैतिक दल साबित भइ यसिया कै दोस्रो बलियो मेजरिटीको सरकार बन्न सफल रह्यो ।

यो अवस्था इतिहास मै न कुनै दल ले ल्याएका थिए, न त कुनै दिन अरु कसैको नेतृत्वमा सम्भव नै छ । हो आज ति नै बोधिबृक्ष को बिरुवा एक बयस्क रुख भइ सारा नेपाली जनताहरुलाई शितलता प्रदान गर्न तल्लिन छ । बाल्यकालदेखी नै उसले समाजमा रहेको बिसँगती र बिकृतीहरु लाई भण्डाफोर गर्दै गाउँ कै समान्ती तत्वहरुका बिरुद्ध सुरु गरेको निस्ठाको लडाइ आज जीवनको यो कालखण्डसम्म आइपुग्दासम्म लडिरहेका छन । राम्रो काम गर्दा जनताहरुको सहयोग, सद्भाव एबम पपुलारिटीबाट छट्पटिएका एकातिर समान्ती सस्कार बोकेकाहरु र अर्का तर्फ आफ्नै भनाउँदाहरुले उनको सत्य प्रतीको त्याग र समर्पणबाट अत्तलिएकाहरुले उनको सुवाशित छबीलाई धमिल्याउने अनेकौ हथ्कण्ठा बिगतदेखी हाल सम्मै नअपनाएका हैनन ।

हाम्रो जस्तो देशमा एक युगमा एक पटक मात्र जन्मने यि जस्ता महान जननेता न पहिला जन्मेका नै थिए न त पछी नै जन्मने नै छन जो कहिल्यै आफ्नो स्वार्थमा लिप्त भो, न त पारिवारिक मोहले कतै छोयो नै । जिवनको कयौ वर्ष बर्गिय मुक्तिका लागी जेलनेल खेपेका उनि नेपाली इतिहासकै एक होनहार र नेपाली आमाको एक सच्चा सपिर हुन । तर जो सत्यमा छ, उ कहिल्यै बिछिप्त हुन्न भन्ने दरिलो उदाहरण पेस गरेको कारण बागडोर सम्हालेका दिनदेखी आजका दिनसम्म गरेका कामले नै हो आज उनलाई आज बिश्वले आफ्नो ध्यानाकर्षण गर्दैछ ।

नेपालको लामो समय पश्चातको इतिहास मै जनताको मेजरिटीका साथ सरकार बन्यो, तत्समयदेखी नै आफ्नै भित्रदेखी बाहिरसम्म नै ओलीको फर्कदै छबी अनि बड्दो लोकप्रियता प्रती इर्स्यालु मन भएका लोभी पापीहरु देखी आफ्नै थालमा छेद पार्ने अबसरवादीहरु हात धोएरै लागी परे । तापनी उनिहरुको कुण्ठा र रोइलोले कुनै लाछरपाटो लगाउँन सकेन । न त आज सम्म कसैले यस्तो हिम्मत गरे, न त शाहस नै । यस अघी हाम्रो भुमीको ‘सेन्टीमेण्ट’ बन्यो त केवल सत्ता बाहिर हुँदाको छटपटी अनि सो लाई भजाएर खाने खोकला राष्ट्रवाद ।

ओली अघी भएका सबै नेतृत्वले सत्तामा हुँदा चुइक्क सम्म नबोल्ने अनि कुनै दिन प्रसँग आउना साथ तर्किने र स्किकेबल एन्सर’ यानिकी प्रश्नबाट पन्छिने उत्तर दिएर टार्ने गरेको देखियो भने सत्ता बाहिर हुन साथ सबै भन्दा ठुलो मुख बाउने गरेको हामीले प्रस्टै देखिन्थ्यो । जुन द्वि-भासात्मक मुखारकृत देख्दा हामी सबै दिग्दार भएको थियौ । जनताहरु सबैमा सचेतता थियो, सबै जनता देशको भुमी अरुले हडपेको देख्दा आक्रोशित थिए तर गतिलो र बलियो नेतृत्वकर्ता नभएको हुँदा जनता निरुत्साहित थिए । तर ओलीले जसरी अहिले इतिहास मै बलियो नेतृत्व दायी भूमिका निर्वाह गरे, ठिक त्यसैगरी जनता हरुमा एक प्रकारको उत्साह जनक मनोबिज्ञान देखा परेको भान हुँदैछ ।

जसरी अहिले देशको साध-सीमा तोक्ने र भारतले मिचेको लिपुलेक्, कालापानी, लिम्पुयाधुरा सहितको आफ्नो भुमी सहितको भुभाग समेटेर नयाँ नक्सा जारी गराउन सफल रह्यो अनि सो लाई सदनबाट नै स्वीकृत गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा ओलीको यस साहसलाई इतिहासमा अमेट रुप लिने पक्का छ । नेपालको लामो समय पश्चातको इतिहास मै जनताको मेजरिटीका साथ सरकार बन्यो, त्यस समयदेखी नै आफ्नै भित्रदेखी बाहिरसम्म नै ओलीको फर्कदै छबी अनि बड्दो लोकप्रियता प्रती इर्स्यालु मन भएका लोभी पापीहरुदेखी आफ्नै थालमा छेद पार्ने अबसरवादीहरु हात धोएरै लागी परे । तापनी उनिहरुको कुण्ठा र रोइलोले कुनै लाछरपाटो लगाउँन सकेन ।

हो म यत्ती चाही स्वीकार्छु कि, बर्तमान सरकारसँग जनताहरुले धेरै नै आकङ्क्षा राखेका छन्, त्यो जादुको छडी झै छुमन्तर हान्ना साथ पुरा हुँदैन । ब्यवस्था परिवर्तन गर्नै धेरै नियम कानुनका झण्झटिला प्रकृयाहरु छन्, तिनिहरु क्रमिक रुपमा बिस्थापित हुँदै जनपक्षिय कानुन बन्दैछ । सदियौदेखी सोही गतीमा चलेको प्रबृतीलाई आधुनिक लोक कल्याणकारी राज्यको मेन स्टृमिङमा ल्याउन केहि समय पक्कै लाग्ने हुँदा जनाताले गरिए अपेक्षा मुताबिक सत प्रतिसत सेवा प्रवाह गर्न अलि नसकिएको होला तर सरकारले प्रयास भने गरी नै रहेको छ । यस अघिका कुनै पनि सरकारले आजको जती काम गरेको थिएन भनेर जिकिर गर्दा कोही कोहीले भन्ने गर्छन कि , यस अघी यत्तीको बलियो सरकार पनि त थिएन भनेर । त्यत्ती बलियो नहुनाको कारण के त भनेर सोध्दा आउने उत्तर नै ओलीको ब्यक्तित्वको सबै भन्दा बलियो पक्ष हो । हो त्यही गुणको नै म जबर्जस्त फ्यान हुँ ।

जेठ ५ गते मन्त्रीपरिषद्को बैठकले र हिजो मात्र सदनबाट लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सालाई आधिकारिकता दिने निर्णय गरेलगत्तै दिल्लीदेखि बेइजिङसम्म तरङ्ग पैदा गरेको छ । नेपाल पनि अहिले भारतसँगको सीमा विवादमा अल्झिएको छ । जसमा भारतले बेवास्ता गर्दा नेपालले आफनो आन्तरिक हित र स्वार्थको निम्ति आफैँ अग्रसरता लिएर भारतलाई दवाव दिनसक्छ । न कि राष्ट्रवादी र देशभक्त बन्ने होडमा नलागि जिम्मेवार छिमेकीको रूपमा अन्तराष्ट्रिय मूल्य मान्यता र कानूनको आधारमा निकास निकाल्न सकियोस् ।

छिमेकीसँगको संघर्षले न भारत न नेपाल दुवैलाई फाईदा हुनेछैन । अर्कातर्फ सस्तो लोकप्रियता कमाउने होडमा यस्ता विषयलाई भविष्यको राजनीतिक जोड घटाउसँग जोडिनु पनि हुँदैन । नेपाललाई युद्धभूमिमा रुपान्तरण गरेर यहाँ आफ्नो उपस्थिति सुदृढ तुल्याउन चाहनेहरूको इच्छा पूरा गर्ने र पछिल्लो समयमा विकसित घटनाक्रमहरूले भारत र नेपालसँग चीनको बार्गेनिङ क्षमता बढाउने छ । भारत र चीनबीच दशकौँदेखि कायम अन्तरविरोधको सिथिलिकरणमा नेपालले मध्यस्थ भएर योगदान पुऱ्याउनु पर्नेमा भारत र चीनको आपसी समझदारी या असमझदारीको परिणाम झेल्नुपर्ने ठाउँमा नेपाल आइपुगेको छ ।

अहिले विश्व आक्रान्त भएको बेला नेपालमा दोहोरो सङ्कट छ । विपत्ति विरुद्धको लडाईँमा प्रत्यक नेपाली एक हुनु पर्नेमा केहि सन्चालित ब्यक्तीहरु भने यही बेला नै लोकप्रियतामा खुडा हान्ने भनेर लागी परेका छन । सदन भित्रै केहि कुपात्रहरु प्रतिकूल असर पर्ने गरी फलाक्दै छन भने केहि सिमाको मिच्याइ बिरुद्दको आवाज र सो प्रयासको बिरुद्धमा काउण्टर दिन अर्को प्रस्ताब दर्ता गरेकी समानुपातिक सांसद सरिता गिरीले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् । संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवं नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान दिएकी थिइन् ।

नेपालीहरूमा धार्मिक सहिष्णुता रहेको मानिएकोमा पछिल्लो चरणमा गणतन्त्र आएपछि विभिन्न देशहरूले केहि नेताहरूलाई प्रलोभनमा पारी जनताहरूमा खासगरी जातीयताको उन्मुक्तिको दुहाइ दिने पार्टीहरूका निर्देशनमा मुलुक धार्मिक, जातिगत, क्षेत्रगतलगायतले दुई पाटामा विभाजित हुँदै हिन्दू र गैरहिन्दू वा जनजाती र गैरजनजाती खालको खेमामा फैलिएका छन् । नयाँ र पुरानो सरकार, संस्कार अनि जमाना आदिको नामाकरण गरी विभाजित स्वरुपको सामाजिक कार्यशैलीको फलस्वरुप भेदभावका खाडलहरू दिन प्रति दिन गहिरिएका छन् ।

यतिबेला नेपाल आमालाई पिडा परेको छ । सौताले खोस्दै लगेको छोरोलाई आफुसँग नै राख्न बिलौना गरिरहेकी आमालाई सहयोग सबै तिरबाट गर्नु आजको आवश्यकता हुँदा हुँदै हाम्रा तिर केहि मुट्ठिभरका तोरी लाहुरेहरु विभेदिकृत ब्यवहारको नयाँ रङ सृजना गराउन पट्टी लागेका छन । गोह्रो छाला, अग्लो आकार, लाम्चो नाक, ठूलो आँखा आदिलाई राम्रो भनिने र मानिने संस्कारका विरोधमा ती काला, पुड्के, चिम्से अनि थेप्चेहरू लाग्नुलाई समयसापेक्ष मानिँदैन र त्यसको प्रत्यक्ष अनि परोक्ष रुपमा दमन गरिन्छ, ती कार्य नै रङ्गभेदी क्रियाकलाप हो ।

लेखक : निर्मल घिमिरे

पढेर उच्च स्थानमा पुग्नेहरूको जहाँ पनि जयजयकार हुने नै गर्दछ तर नपढ्ने अनि हक, अधिकार तथा सुविधाको प्रसङ्गमा रङ्गभेद, जातीयता आदिका भेदभाव गरिएको भन्दै समानताको अधिकार खोज्नेहरूबाट समाज तथा देश सकारात्मक स्वरुपले अगाडि बढ्न सक्दैन । आफ्नै पार्टीभित्र वा बाहिरबाट सरकारका अक्षमता र अभाव विरूद्ध पार्टी फोरम वा सडकमा उठ्ने हरेक आवाजलाई गुमेको भूभाग फिर्ता ल्याउने सरकारको प्रतिबद्धता विरूद्दको षड्यन्त्र र राष्ट्रघातको रूपमा चित्रण गर्न ओली र सरकार पक्षलाई छेक्न कसैलाई निकै सकस पर्ला नै ! सरकारविरूद्धका हरेक कदम सरकारलाई भूभाग फिर्ता ल्याउनबाट रोक्ने आन्तरिक तथा वाह्य शक्ति प्रेरित गतिविधि प्रती जागरुक युवा जगत चनाखो हुनु पर्दछ । यो निस्चित हो कि, वर्तमान सरकार र यसका नेतृत्वकर्ता के पि शर्मा ओलीले अहिले रास्ट्र बचाउन खेलेको भूमिका छ, त्यो भाबी सन्ततिहरुको लागी एक मिराकल साबित हुनेछ ।

समाधान लढेर होइन छलफलबाट निकाल्न सकिन्छ । उदाहरणको लागी इथियोपिया र इरिट्रिया मोडललाई आधार बनाएर यो समस्या समाधान गर्न सकिन्छ । सन २०१९ को नोवेल शान्ति पुरस्कार बिजेता ४१ बर्सिय डा अहमेदले जसरी राष्ट्रियतालाई अघिल्ला पुस्ताका नेताहरु ले झै ‘पब्लिक सेन्टिमेण्ट’को बिसय बनाएनन, उनले राष्ट्रियतालाई कहिल्यै भर्याङ बनाएनन न त सो अघीका नेतृत्व गणले झै खोकला राष्ट्रवादको कनिका नै छरे । उनले सीमाको विवाद समाधानमा आफै अग्रसर हुँदै केवल् प्राणी जातीको स्वार्थमा एक ढिक्का बनाए र सारा जनताहरुलाई अनि देश बिकाशको मोडल यसरी प्रस्तुत गरे । अभाव्, भोकमरी अनि अनिकालबाट ग्रसित हिजो लाखौ लाख पलाएन भएका इथियोपियनहरु आज स्वदेश फर्केका छन् । अनेक मेगा प्रोजेक्टमा दाताहरुले लगानी बढाउँदै लगेका छन् । भोकमरी र अभाव अब यस पछीको पुस्तालाई एकादेशको कथा हुने निश्चित छ ।

तब त उनलाई इथियोपियामा मात्र होईन जानी दुश्मन मानिएको इरिटृयामा समेत अत्यन्तै आदर सम्मान गरिन्छ र अफृकी युनाइटेड उनलाई नेल्सन मण्डेला पछिको अर्को भगवान भनेर चिनाउँदै छ । एक दसक अघीसम्म अभाव्, भोकमरी अनि सबै भन्दा गरीब भनेर चिनिने इथियोपिया आज चिन र बर्मा पछिको तेस्रो द्रुत विकास गर्ने देश, अनि शान्ती स्थिरता कायम गर्ने विश्व कै रोल मोडल देशको रुपमा चिनिएको छ । हो ठिक त्यसै गरी ओली नेतृत्वले पनि त्यही कामको सुरुवात गर्ने प्रयास गर्दै छ । त्यसमा हामी सबैले आट्, उत्प्रेरणा अनि हौसला दिन सकियो भने यो सम्भव छ अन्यथा ओली पछी अर्को छिर्के मिर्के जो आए पनि हाम्रो मुलुक यो गती भन्दा माथी उठ्न कदापी सक्दैन । हिजो नेपाल भन्दा मानव बिकाश सुचकाङ्कमा १४ लाईन पछी रहेको गरीब देश इथियोपिया आज नेपाल भन्दा २१ गुणा माथी फड्को मारिसक्यो तर हामी भने यस्तैमा अल्मलिरहेका छौ । जुन अत्यन्तै खराब प्रवृती हो । तसर्थ ओली नेतृत्वलाई काम गर्न सबै तिरबाट साथ सहयोग र प्रेरणा अनि हौसला प्रदान गर्नु नै आजको आवश्यकता हो ।

वर्तमान समयमा हरेक समस्याको सामाधान निश्चित रुपमा छ । हामी आर्थीक र सामाजिक रुपमा सानो मुलुक हौं तर स्वभिमान र हैसियतमा समान छौं । यस्तो अवस्थामा हामीले समस्याको समाधान गर्ने सिङ जुधाएर सिगौरी खेलेर होईन कि ‘स्मार्ट डिप्लोमेसी’ मार्फत सोलुसन निकाल्नु सबैको हितमा हुने छ जसलाई लागी हामीले अन्य देश हरुको सिमा बिवाद र समाधानको नजिरलाई पनि रेफरेन्स लिन सकिन्छ ।

हरिवन १० सर्लाही
हाल : जापान

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख

काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ