कारागारमा एक कैदीको मृत्यु

बुटवल, २९ जेठ । जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको मृत्यु भएको छ ।

कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका–३ का ६९ वर्षीय खगिराम रामजाली घर्तिमगरको उपचारका क्रममा मृत्यु भएको हो ।

एक्कासि मुटु दुख्ने समस्या देखिएपछि उनलाई जिल्ला कारागार खलंगाबाट उपचारका लागि बुधबार जिल्ला अस्पताल बिजुवार पठाइएको र उपचारकै क्रममा गएराति १० बजे अस्पतालमै मृत्यु भएको कारागारका प्रमुख सुर्यबहादुर पन्तले बताए ।

रामजालीको शब पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने कारागारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण

काठमाडौँ, १४ मंसिर । नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको

काठमाडौँ, १३ मंसिर । नागार्जुन नगरपालिकाले आगलागिको जोखिमबाट बच्चनका लागि शनिवार वडा नं. १ का स्थानीयलाई अग्नि नियन्त्रण यन्त्र वितरण

काठमाडौँ, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा