टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

हेटौँडा, २९ जेठ । मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति करिब ९ बजे प्र३–०२–०१२प १३३८ नंको स्कुटरलाई ना८ख ७५५८ नंको टिपरले ठक्कर दिदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ मंसिर । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेबल पुल एकैसाथ शिलान्यास गरिएको छ । प्रदेशका मुख्यमन्त्री

काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज नेपाल आएका छन ।  उनले  काठमाडौं विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिदै उनले

काठमाडौँ, ११ मंसिर । पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै गएको

सिन्धुपाल्चोक, ११ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग