बारामा थपिए ८ जना कोरोना संक्रमित

बारा, २८ जेठ । बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिम्रौनगढ नगरपालिकास्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ८ जनामा संक्रमण पुष्टि भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका–७ का १९ र २७ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ र २७ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ र ३८ वर्षीय पुरुष, वडा नम्बर ३ का १२ र २ का ४० वर्षीय पुरुष रहेका छन् । संक्रमित सबै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलनमा ल्याउने तयारी भइरहेको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भरतपुर, १३ मंसिर । भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल

काठमाडौँ, १३ मंसिर । रुपन्देही, कपिलवस्तु र गोरखा एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल

कालीकोट, १३ मंसिर । जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको

रुकुम पश्चिम, १३ मंसिर । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ