क्वारेन्टिनमा बिरामी परेका एक जनाको मृत्यु

बुटवल, २८ जेठ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको बुटवलमा उपचार गराएर फर्किने क्रममा मृत्एको हो ।

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिएका हुन् ।

उनको जेठ २१ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको तर रिपोर्ट आइनसकेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सचिव श्रृङ्गलाले आज

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताएका छन् । बालुवाटारमा आज

काठमाडौँ, ११ मंसिर । भारत विदेशसचिवस्तरीय बैठक सुरु भएको छ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा शुरु भएको उक्त विदेशसचिवस्तरीय

काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज नेपाल आएका छन ।  उनले  काठमाडौं विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिदै उनले