कारकाे ठक्करबाट दुई जनाको मृत्यु

कैलाली, २८ जेठ । कैलालीमा कारको ठक्करबाट मङ्गलबार राति दुई जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका १ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा ४ च २१०० नम्बरकाे कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

कारको ठक्करबाट अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ का ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका १० का ४० वर्षीय जयचन्द्र सुनार रहेको छन । घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि उनीहरुलाई काठमाण्डाैकाे बीएनबी अस्पताल पठाइएको छ ।

ठक्कर दिएर फरार कार चालक बर्दगोरिया गाउँपालिका १ का राजेन्द्र मल्ललाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता