मुख्यमन्त्री पोखरेलको प्रश्न- बजार खोल्दा संक्रमण फैलिए कसले जिम्मा लिने ?

काठमाडौँ, २२ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजार खोल्दा काेराेनाभाइरस (कोभिड १९)को संक्रमण समुदायमा फैलिने चिन्ता व्यक्त गरेका छन ।

आज सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले भनेका छन, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन । आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गम्भीर बनौँ ।’

गत चैत ११ गतेदेखि सुरू भएकाे लकडाउनकाे पछिल्लाे म्याद यही जेठ ३२ गतेसम्म कायम गरिएकाे छ । साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक