आगलागीमा परी आमाछोरीकै जलेर मृत्यु

धरान, २२ जेठ । आज बिहान धरानमा भएको आगलागीमा परी दुईजनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परेर ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको हो । धनमाया र सीता आमा छोरी हुन ।

दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै आएका थिए । आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन् । आगलागी भएको घरमा भाडामा बस्नेहरु पनि रहेकाले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक