थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौँ, २१ जेठ । थप २०१ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले  पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६७, पाल्पाका २, रूपन्देहीका २६, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको छ ।

यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । त्यसैगरी मृत्यु  हुनेको संख्या ९ पुगेको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे