कोरोनाको कहरसँग जोडेर राष्ट्रपति र सरकारलाई बदनाम गर्न खोज्नु नियोजित : मुख्यमन्त्री पोखरेल

shankar-pokharel

काठमाडौँ, २० जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाको कहरु सुरु हुनुभन्दा पहिले सरकारले नियामित बजेटको कार्यक्रम अन्तरगत स्वास्थ्य सामाग्री खरिद प्रकृयामा गएका कार्यक्रमलाई कोरोनासँग जोडेर राष्ट्रपति, मन्त्रिपरिषद तथा सरकारलाई बदनाम गर्न खोज्नु नियोजित भएको उल्लेख गर्नुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विरुद्धमा सरकार लागि परिरहेको समयमा सरकारलाई असफल बनाउन विभिन्न बहानामा नियोजित रुपमा प्रहार गर्नु देश र जनताको लागि दुर्भाग्य भएको बताउनुभयो । सम्पूर्ण शक्ति एकजुट भई कोरोना विरुद्ध लड्नु अहिलेको अपरिहार्यता रहेको औंल्याउँदै राष्ट्रिय शत्तिलाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने समेत स्पष्ट पार्नुभयो ।

उहाँले नयाँ पत्रिका दैनिकले हिजो राष्ट्रपति कार्यालयमा एक करोडको कार्पेट तथा आज मन्त्री निवासमा जिम खाना बनाउन ८२ लाख भन्ने शिर्षकमा प्रकाशित समाचार प्रति लक्षित गर्ने उक्त कुरा उल्लेख गर्नुभएको हो ।

सामाजिक सञ्जालमा उहाँले आफ्नो धारणा राख्दै भन्नुभएको छ, ‘कोरोनाको कहर सुरु हुनुभन्दा पहिलेको नियमित बजेट कार्यक्रममा अन्तरगत खरिद प्रकृयामा गएका कार्यक्रमलाई कोरोनाको संकटसंग जोडेर राष्ट्रपति, मन्त्रिपरिषद र सरकारलाई बदनाम गर्न खोज्नेको नियत वुझ्न सकिन्छ । भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्ने अभियानमा सिंगो राष्ट्र जुट्नेवेला राष्ट्रिय शक्तिलाई कमजोर बनाउने कुप्रचारलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन ।

कोरोना महामारी विरुद्ध जुध्न खरिद प्रकृयामा नगएका थुप्रै कार्यक्रमलाई सरकारले स्थगित गरेर आवश्यक रकमको जोहो गरेको तथ्यलाई नविर्सौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित पुष्टि भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।  

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जना

सिरहा, २४ असार । सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार लकडाउनको नियम पालन गर्न

बारा, २४ असार । बारामा प्रहरीले भन्सार छलीका कपडासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार ५ लाखभन्दा