चट्याङ लागेर एक जनाको मृत्यु, ८ जना घाइते

मोरङ, १९ जेठ । मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

सोमबार करिब १२ बजेको समयमा सोही नगरपालिका–५ धाद्रास्थित खेतमा बाख्रा सार्ने क्रममा अचानक चट्याङ पर्दा मोरङ रतुवामाई नगरपालिका–६ शान्तिपुरका २२ वर्षीय नेत्र श्रेष्ठको उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार नै परेको चट्याङले मोरङको धनपालथान गाउँपालिकाका ८ जना घाइते भएका छन् ।आ–आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा वडा नम्बर २ का ३८ वर्षीया प्रमिला देवी मण्डल, उनकी १४ वर्षीया छोरी मनिसा देवी र २५ वर्षीय छोरो जितेन मण्डल घाइते भएका छन् । यसैगरी घाइते हुनेहरुमा सोही वडाका १९ वर्षीया गिता कुमारी मण्डल, १६ वर्षीया सपना कुमारी मण्डल, १२ वर्षीय अभिशेक मण्डल, वडा नम्बर ७ का ३८ वर्षीय शिव शंखर मण्डल र सोही ठाउँ बस्ने ४० वर्षीय चन्दन बहरदार छन् ।

घाइते सबैको उद्धार गरी उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।