नर्भिक अस्पतालमा एक बिरामीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ जेठ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा  कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।

नर्भिक अस्पताललका अनुसार संक्रमित महिलालाई उपचारका लागि बिहीबार राति ल्याइएको थियो । ल्याउनेवित्तिकै उनलाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसोलेसनमा राखिएर उपचार गरिएको थियो । सोही दिनको उनमा कोरोना परीक्षणका लागि स्‍वाब सं‌कलन गरेर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन