थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौँ, १६ जेठ । थप १७० जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले  थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन् । योसँगै नेपालमा एक हजार २ सय १२ कोरोना संक्रमित छन् ।

यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक