२२ हजार ६६४ जनामा पीसीआर विधिबाट परीक्षण, आइसोलेसनमा २७२ जना

काठमाडौँ, १ जेठ । हालसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १३६३ जनाको कोरोना परीक्षण भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । यस्तै हालसम्म आरडीटी विधिबाट ६२ हजार ३२७ जनाको परीक्षण भएको छ । यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो ।

यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६००  जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८३५ रहेको छ ।  यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु २७२ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा ६ जना र बाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको छ ।

यस्तै आज तीन जनामा कोरोना पुष्टि भएको र योसँगै संक्रमितको संख्या २४६ पुगेको पनि उनले बताए । यस्तै ३५ जना निको भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्