पुर्खाले बचाएको नेपाललाई कुनै पनि हालतमा बचाएरै छाड्छु : प्रम ओली

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाले बचाएको नेपाललाई बचाएरै छाड्ने उद्घोष गर्नुभएको छ ।

छिमेकी मुलुक भारतले नेपालका विभिन्न ठाउँहरुमा सीमा अतिक्रमण गरी ज्यादतिपूर्ण कार्य गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पूर्खाले जोगाएको नेपालको भूमि एक इन्च पनि तलमाथि हुन नदिने पुनः दोहोर्याउनुभएको हो । आफुले अरुको एक इन्च भूमी पनि नलिने र आफ्नो पनि कुनै हालतमा नछोड्ने उद्घोषका साथ प्रधानमन्त्री ओलीले नेपाल भारतबीच विगतको सुगौली सन्धीको आधारमा नै कटनैतिक पहलका माध्यमबाट तत्काल वार्ताको प्रकृयामा अघि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री आलीले आव्हान गर्र्नुभएको सर्वदलीय बैठका बोल्दै प्रधानमन्त्री केपी ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सवैको साथ चाहिने बताउनुभयो । प्रधानमन्त्री ओलीले भारतसँग आफूहरुले असल सम्बन्ध राख्न चाहेको, कोरोना नियन्त्रणमा भारतले गरेको सहयोग सकारात्मक भएपनि कोरोनाकै बेला भारतले लिपुलेकमा सडक निर्माण गरेर उद्घाटन गर्नु ठिक नभएको स्पष्ट पार्नुभयो ।

प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने निष्कर्ष पनि निकालेको छ । भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ ।

बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने ठहर पनि गरेको छ ।

छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवाले काली नदी नै नेपालको सीमा भएको भन्दै कालापानी नेपालकै भएकाले त्यो भूमि फिर्ता गर्न पहल गर्नुपर्ने धराणा राखेको बैठकपछि जानकारी दिनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘सन् १८१६ को सुगौलीसन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो । अतः महाकाली नदी पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन् । यसबारे नेपाली काँग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ । यो नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्नेछ । नेपाल सरकारले दुवै राष्ट्रसँग यसबारे संवाद गर्नुपर्ने र प्रष्ट भन्नुपर्छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो । यसमाथिको अतिक्रमण हामीलाई ठाडै अस्वीकार्य छ । काली नदीलाई सीमा मानिएको हो र कालापानी हाम्रै हो ।’

बैठकमा सहभागी डा। बाबुराम भटराईले अहिलेको समयमा आन्तरिक रुपमा राष्ट्रवादको कार्ड खेल्नुभन्दा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।  संसदमा प्रतिनिधित्त्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरु सर्वदलीय बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्