चरित्रहत्या गरेको आरोपमा तीन जना पक्राउ

गोरखा, ३१ वैशाख । एक महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् ।

सिरानचोक गाउँपालिका–१ केराबारी स्थायी घर भएका ६१ वर्षीय महादेव रेग्मी, २३ वर्षीय होमबहादुर रेग्मी र २७ वर्षीय दीपेन्द्र दाहाललाई मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

सोही ठाउँकी १९ वर्षीया युवतीलाई यही वैशाख ५ गते सिम्पानी खेतस्थित सार्वजनिक स्थानमा चरित्रहत्या हुने खालका अपशब्द बोली बदनाम गरेको भन्दै उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर (अभ्रद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका तीन जनामाथि जिल्ला प्रसासन कार्यालय गोरखबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021