एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’

काठमाडौँ, ३१ वैशाख । कोरोनाभाइरसका कारण संकटमा परेका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीहरुका लागि ‘मोबाइल क्लास डेटा प्याक’ ल्याएको छ । घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एनसेलले १६ जीवी डेटा भोलुम रहेको उक्त प्याक आजबाट सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीहरुले रु १५० (करसहित) रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्ने भएका छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समय सीमा ७ दिनको हुने जानकारी गराइएको छ ।

मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जीवी अल टाइम डेटा (थ्रीजी, फोरजी) र २ जीवी भिडियो डेटाको फाइदा लिन सक्नेछन् ।

विद्यार्थीले यो ४ जीवीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीवी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्यूव, आइफ्लिक्स र अन्य गुगल सर्भिसहरुका लागि प्रयोग गर्न सक्नेछन् ।

यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीवी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समूहमा बसी अध्ययन गर्न सक्ने एनसेलले जानकारी गराएको छ ।

विद्यार्थीहरुले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २० ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021