सरकारको ऐतिहासिक कार्य : कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौँ, ३१ वैशाख । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो ।

गृह मन्त्रालयकाको टोली बुधवार काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा बन्दोबस्तीको सामान लिएर दार्चुलाको ब्यास नगरपालिका–१ स्थित छाङरुमा पुगेको थियो । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित छाङरुमा लगिएको थियो । बाँकी १३ जना भोली उक्त स्थानमा लगने बताइएको छ । उनीहरुको लागि बन्दोवस्तीका सामान पनि सबै पुगिसकेको छैन ।

चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021