टेलिकमको आम्दानी घट्यो

काठमाडौँ, ३१ वैशाख । पछिल्लो समय नेपाल टेलिकमकोआम्दानी घटेको छ । टेलिकमले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक(माघ–चैत)को तथ्याङ्कले घटेको देखाएको हो ।

गत आर्थिक वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले २७ अर्ब ५० करोड ६० लाख ७५ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रूपैयाँ आम्दानी गरेको छ ।

यो गत आवको तुलनामा २.४३ प्रतिशतले कमी हो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनले आम्दानीमा असर गरेको कम्पनीले बताएको छ। कम्पनीका अनुसार लकडाउनका कारण कम्पनीको आयमा कुल ६६.९ करोड बराबरको नकारात्मक असर परेको छ ।

लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस प्रदान, शून्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्तालाई जिरो व्यालेन्स प्याकेज प्रदान, मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३०% सम्म छुट प्रदान गरिएको र कोरोना राहत कोषमा १० करोड रूपैयाँ सहयोग गरेको कम्पनीले बताएको छ ।

त्यस्तै गत चैतदेखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको थियो । कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको छ ।

समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021