बुटवलका डिएसपीमाथि कारबाही

भैरहवा, ३१ बैशाख । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई कारबाहीमा परेका छन् । उनलाई कारबाही स्वरुप प्रदेश नं  ५ प्रहरी कार्यालयमा तुलसीपुर तानिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलगायत काममा गम्भीरतापूर्वक  जिम्मेवारी निर्वाह नगरेको एवं प्रदेश तथा जिल्ला प्रहरी कार्यालयले कार्यशैली सच्याउन पटकपटक निर्देशन दिए पनि नसुधारेपछि  आज उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

 जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडक खत्रीले भट्टराईबारे विभिन्न गुनासा आएपछि प्रदेश प्रहरी कार्यालयले तानेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्