लकडाउनमा थप कडाइ : रोकियो अन्तरजिल्ला आवागमन

काठमाडौँ, ३१ वैशाख । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ । वितरण गरिएका पास रद्द गर्दै गृह मन्त्रालयले बुधबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानमा पनि रोक लगाएको छ ।

मंगलबार एकैदिन ८३ नयाँ संक्रमित देखिएपछि कडाइ गरिएको हो । अब अत्यावश्यक अवस्थामा अन्तरजिल्लाको पासका लागि गृह मन्त्रालयको स्वीकृत लिनुपर्नेछ । उपत्यकाका जिल्लाले अन्तरजिल्लाको पास जारी गर्न भने सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमति लिनुपर्नेछ । उपत्यकाका तीन जिल्लामा भने अहिले जारी गरिएको पासले नै ओहोरदोहोर गर्न पाइने गृह मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकमा लकडाउन खुुकुलो भएको भन्दै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएका थिए । त्यसपछि गृह मन्त्रालयले कडाइ गरेको हो । गृहसचिव महेश्वर न्यौपाने आफैँ नागढुंगा नाका निरीक्षणमा गएका थिए । सरकारले गत शुक्रबारदेखि लकडाउनमा केही लचकता अपनाउँदै उद्योगका साथै निर्माण सामग्री, वर्कसप सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसयता उपत्यकामा भीड बढेको छ ।

पछिल्लो पाँच दिनमा करिब २५ हजारजना विभिन्न नाकाबाट उपत्यका भित्रिएका छन् । जसमध्ये धेरैजसो अत्यावश्यक सामान बोक्ने सवारी लिएर आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकामा दैनिक करिब तीन हजार सवारीसाधन भित्रिने गरेका छन् । जसमध्ये अधिकांशमा चालकबाहेक थप व्यक्ति हुने गरेका छन् ।

पासका आधारमा बाहिरबाट आएकाहरूले संक्रमण फैलाउन सक्ने जोखिम छ । ‘सांसदहरूको गाडीमा ५–६ जना आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘केही थप कार्यालय खुल्ने भएपछि सरकारी कर्मचारी पनि आएका छन्, उनीहरूबाट संक्रमण फैलने जोखिम छ ।’

गृह मन्त्रालयले लकडाउनमा कहिले कडाइ तथा कहिले खुकुलो गर्दै आएको छ । उपत्यकाका मुख्य सडकमा धेरै भीड नभए पनि भित्री सडक र पसलमा भीडभाड हुने गरेको छ । खाद्यान्न तथा तरकारी खरिदमा सामाजिक दूरी अपनाइएको छैन । पसल सञ्चालकले पनि सुरक्षा नअपनाउँदा जोखिम बढेको छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021