सीमा विवादबारे जथाभावी टिप्पणी नगर्नुस् : प्रम ओली

काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतसँग भएको सीमा विवादको बारेमा अनावश्यक तथा जथाभावी टिका टिप्पणी नगर्न निर्देशन दिनुभएको छ ।

आज बसेको मन्त्रिपरिषद् वैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सीमाबाट आफुखुसी टिप्पणी गरेर नहिड्न निर्देशन दिनु भएको बताइएको छ । पछिल्लो समय चर्कदो सीमा विवादलाई लिएर सरकारका मन्त्रीहरुले नै जथाभावी टिप्पणी गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई सचेत गराउनु भएको छ ।

उहाँले सीमाबारे मन्त्रीहरुबाट सार्वजनिकरुपमा आएको टिकाटिप्पणीप्रति असन्तुष्टि प्रकट गर्दै हाल देखिएको सीमा विवाद कुटनीतिक तवरबाट हल गरिने बताउनु भएको थियो । प्रधानमन्त्री ओलीले कुटनीतिक रुपमा नै सीमा समस्या हल हुने विश्वास पनि मन्त्रीहरुलाई दिलाउनु भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले काठमाडौँमा लकडाउनको अवस्थालाई लिएर सरोकारवाला मन्त्रीहरुसंग चर्को असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले काठमाडौँवासीलाई सकस परेको नाममा खुलाइएको गतिविधि सैह्य नभएको प्रष्ट पार्दै मानिसको स्वास्थ्य भन्दा ठूलो कुनै पनि अन्य गतिविधि नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आर्थिक गतिविधि चलायमान बनाउने नाममा जे भइरहेको छ, त्यो स्वीकार्य छैन । मानव स्वास्थ्यसंग खेलवाड हुने गरी भएका गतिविधिहरु स्वीकार गर्न सक्ने अवस्थाका छैनन् । लकडाउनमा उदारता देखाउने हो भने समग्र काठमाडौवासीको जीवन संकटमा पर्न सक्छ ।’

प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताउनुभएको छ ।’यो भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय हो । यो आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान हुने कुरा होइन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती मन्त्रीले भन्नुभयो, ‘यस विषयमा बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोलौं ।’ बैठमा उनले मन्त्रीहरुलाई यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न पनि निर्देशन दिएका थिए ।

उहाँले कोभिड १९ रोकथाम एवं नियन्त्रण उच्च स्तरीय समितिलाई लकडाउनमा कडाइ गर्न समेत निर्देशन दिनु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ

काठमाडौँ, २८ वैशाख । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी

काठमाडौँ, २८ वैशाख । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021