नेकपाका उपाध्यक्ष बामदेब गौतमलाई खुल्ला पत्र

आदारणीय नेकपाका पार्टी उपाध्यक्ष बामदेब गौतम ज्यु,

आदरणीय कमरेड, धेरै पटक हण्डर ठक्कर खाँदा पनि देश र जनताको निम्ती तपाई निरन्तर लागिरहनु भएको छ । विशेष गरेर नेपालका किसानहरुका समस्याहरुलाई नजिकबाट नियालेर यहाँले निर्माण गरेका योजनाहरु बास्तवमै गर्बिला इतिहास बोकेका हुनेछ्न् । बबई सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन यस्का ज्वलन्त उदाहरण हुन् ।

यसबाहेक तपाईं उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय आवश्यकता अनुरुपका कयौं आफ्ना जिम्मेवारीहरु निभाउनु भएको इतिहास जिवित छ । हामीलाई थाहा छ बर्दिया मात्र नभएर सम्पूर्ण राष्ट्रको जिम्मेवारी तपाईंको काधमा हुँदा तपाईं अरु सांसद र मन्त्रीहरु जस्तै निरन्तर कार्यकर्ताको घर दैलोमा पुग्न सक्नुभएन । तर पार्टी भित्रैका तपाईकै केही नेता कार्यकर्ताहरुले यसलाई इस्यु बनाएर तपाईमाथी प्रहार गरिरहे । तर पनि तपाई ति सम्पूर्ण कुराहरुलाई तपाईले निरन्तर सहदै आईरहनु भयो यो नै तपाईको महानता हो ।

आदरणीय कमरेड, तपाई सफा मनको राष्ट्रबादी छबी भएको ब्यक्ती हो । तपाईं अहिले सम्म कुनै बिबादमा मुछिनु भएको छैन । तत्कालीन नेकपा ९एमाले०को छैठौ महाधिवेशनमा महाकाली सन्धी को विषयलाई लिएर फरक मत राखी पार्टी बिभाजन गरेको आरोप तपाईलाई अहिले पनि लाग्ने गर्छ । यसको बास्तबिकता अहिलेको परिवेशमा छताछुल्ल भैसकेको छ । त्यसैले यो बिषयमा धेरै खोतल्न उचित ठानिन ।

तपाई राजनितीको ऐतिहासिक पात्रको रुपमा भविष्यमा नेपाल लगाएत दक्षिण एसियाकै एक बिशेष नेताको रुपमा चिनिनु हुनेछ । पार्टीका हरेक आन्तरिक तथा बाह्य मामलाहरुमा तपाईको विशेष भुमिका रहेको छ । चाहे २०६५ सालमा माननिय झलनाथ खनाललाई पार्टी अध्यक्ष निर्बाचित गर्ने प्रशङ्ग होस् या २०६७ सालमा वहाँलाई प्रधानमन्त्री बनाउने प्रशङ्ग किन नहोस् । त्यसै गरी २०७० सालमा वर्तमान प्रधानमन्त्री केपी ओलीलाई संसदिय दलको नेता निर्बाचित गर्ने कार्य होस् या २०७१ मा वहाँलाई नै पार्टी अध्यक्ष निर्वाचित गर्ने कार्य होस् । यि सबै परिवेशमा यहाँको भूमिका निकै प्रशंसनिय रहेको छ ।

त्यती मात्र होइन राष्ट्रको अग्रगामी परिवर्तनको लागी भन्दै २०४७ सालको संविधान प्रती ४० बुँदे असहमति जनाउदै जनयुद्दको घोषणा गरेर १० औं बर्ष जङ्गलमा बिताएका तत्कालीन नेकपा (माओवादी)लाई समेत एकीकृत गरि विशाल कम्युनिस्ट पार्टी निर्माण गर्न तपाईले देखेको सपना पुरा गर्ने अभिभारा तपाईंको थियो । त्यसलाई पनि सार्थकता प्रदान गर्नु भयो। यो नेपालको कम्युनिष्ट इतिहासमा तपाईंले गरेको अद्वितीय कार्य हो । यसमा तपाईलाई उछिन्न सक्ने ब्यक्तिहरु सायदै नभेटिएलान ।

आदरणीय कमरेड, तपाईंको इमान्दारिताको फाईदा उठाउँदै पार्टी भित्रैबाट विभिन्न समयमा आआफ्नो अनुकुल पारेर तपाईंलाई प्रयोग गरेर फाईदा लिने प्रयास भएकै हो । तपाईंले बर्दियामा चुनाव हार्नु भएको होइन । केही ब्यक्तिहरुको ब्यक्तिगत स्वार्थ र काठमाडौँमा बसेर बर्दियामा गुटे राजनिती गर्ने केही ‘कु’ तत्वहरुले तपाईलाई हराउन विशेष भुमिका निर्वाह गरेका थिए । खैर तिनिहरुका छट्पटीका दिन छिटै आउने छन् हामी आशावादी छौं । यो अन्यायको भर्पाई एक दिन अवश्य हुनेछ ।

त्यसैको सान्तवना दिने बहानामा कहिले राष्ट्रिय सभामा लगेर संविधान संसोधन गरि प्रधानमन्त्री बनाउने चर्चा चलाइयो । कहिले प्रतिनिधि सभामा समयानुकुल प्रबेश गराउने चर्चा चलाइयो । तर तपाईले ति आधारहिन र भावनात्मक चर्चा परिचर्चालाई बिश्लेशण गर्दै आफुलाई ति कुनै कुरा को आवश्यकता नभएको र पार्टी सुदृढीकरण आफ्नो मुल लक्ष्य रहेको बताउँदै ति प्रस्तावहरु अस्विकार गर्नुभयो । पार्टीका सम्पूर्ण नेता कमरेडहरु एक भएर सरकारको समर्थन गर्ने भुमिका निर्बाह गर्दै हुनुहुन्छ ।

यो हामी आम कार्यकर्ताको लागी साह्रै खुशिको कुरा हो । यसले हामिमा आत्मबिश्वास बढेको छ । पार्टी समृद्ध बनाउन तपाईको भुमिका अपरिहार्य छ । तपाई कहिल्यै कसैको गोटि बन्नु भएन । धेरैलाई भारतीय दलालको संज्ञा दिई रहँदा तपाईं ति तुच्छ भनाईबाट सधैं टाढा हुनुहुन्छ । इतिहासले एकदिन तपाईको सम्मान पक्कै गर्नेछ । महाकाली सन्धी हुँदा म सानै थिएँ । मेरो बुवा नेकपा एमाले प्रति आस्था राख्नुहुन्थ्यो । तर म बुझ्ने भए देखी मैले माहाकाली सन्धीदेखी बाम एकतासम्मका कुराहरु विश्लेषण गर्दा म हरेक पल तपाईको समर्थनमा छु । मैले आशा गरेको बामदेब गौतम एक स्वच्छ छबिका साथ नेपालको प्रधानमन्त्री भएको हेर्ने रहर छ । मलाई आशा छ । म जस्ता तमाम शुभचिन्तकहरु निराश हुनु पर्ने छैन ।

आदरणीय कमरेड, सत्ताकोलागी ब्यक्ति परिवर्तन भन्दा पनि हाम्रो पार्टीलाई आज बिबेक, संयम र धैर्यता चाहिएको छ । स्वच्छ बैचारिक छल्फल र बहस चाहिएको छ । पार्टीलाई एकताबद्ध गर्दै देशलाई समाजबादी प्रणालीमा लैजाने योजना चाहिएको छ । त्यसैले गुट, छलछाम र षड्यन्त्रलाई परास्त गर्दै अगाडी बढ्नु आजको आवश्यकता हो । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सधै भन्ने गर्नुहुन्थ्यो । सहमती, सहकार्य र एकताबाट नै देशको बिकास र गणतन्त्रको रक्षा गर्न सकिन्छ । अन्यथा यसको कल्पना समेत गर्न सकिदैन । वहाँका यिनै भनाईहरु आजको यो परिवेश मा समेत लागु हुने देखिएको छ ।

आज भारतीय बिस्तारबादले फेरी नेपालीको छातीमा प्रहार गरेको छ । यस्तो कठिन परिस्थितिमा पार्टी र सरकारलाई एक ढिक्का बनाएर लैजाने जिम्मेवारी समेत तपाईंको काँधमा आई परेको छ । हामी बिस्वस्त छौं, तपाईंहरुको एकता र आत्मियताले मात्र यो सम्भब छ । हामीलाई आशा छ । छिटै नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल सरकारको दवाब थेग्न नसकेर नेपाली भुमिबाट भारतीय सेना फिर्ता हुन बाध्य भएको समाचार हाम्रा कानले सुन्नेछन् ।

आदरणीय कमरेड,तपाईको लागी मेरो मनमा अति उच्च सम्मान र प्रेम हुँदा हुँदै पनि तपाईसंग मेरो एउटा कुरामा असन्तुष्ट रहेको छ । कुरा के भने बजारमा आफुलाई तपाईंको भक्त भन्दै केही झुन्डहरु सरकारको बिरोधमा उत्रिएका छन् । तिनलाई बेलैमा चिनेर तह लगाउने प्रयास गर्नुहोस् । तपाईंको चाहाना र इच्छा बिपरित उनिहरु तपाईलाई अझैं पनि खुइल्याउने काममा लागी परेका छन् । सरकार प्रतीको तपाईंको धारण बुझ्दै नबुझी आफुलाई तपाईंको समर्थक भन्नेहरुले तपाईलाई बदनाम गराउन नपाउदै तपाई सचेत हुनुहुनेछ भन्ने भनाई राख्न चाहन्छु ।

मलाई लाग्छ तपाईको स्वभाव जसरी पार्टी पंतिकै केही नेता तथा कार्यकर्ताहरु र तिनैद्धारा परिचालित मिडियाहरुले बाहिर जसरी ब्यक्त गरिएको छ त्यो भन्दा कयौं गुना भिन्न छ । स्वच्छ छ, नरम छ र मायालु पनि । मलाई आशा छ । तपाईंले परिकल्पना गरेको राष्ट्रिय विकास प्राधिकरणको अबधारणालाई उपेक्षा गर्नेहरुलाई छिटोभन्दा छिटो चेतना जाग्नेछ र तपाईको नेतृत्वमा राष्ट्रले अवश्य काँचुली फेर्ने अवसर प्राप्त गर्नेछ ।

आदरणीय कमरेड, पार्टीले तपाईलाई संगठन विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ । पार्टीलाई सुदृढीकरण गर्ने र आम जनताहरु सङ्ग घुलमिल हुनको लागी यो पनि एउटा सुनौलो अवसर हो । यो अवसरलाई राष्ट्रिय राजनितीमा उच्च स्थान बनाउनको लागी प्रयोग गर्नुहोस । संगठन विभाग प्रमुखको हैसियतले पार्टीलाई अझ शक्तिशाली बनाउने जिम्मा तपाईको हो । दुबै पार्टी अध्यक्षहरु बिचमा समन्वयको वातावरण सृजना गराई आफु पार्टीको संगठन बिस्तारमा देश दौडाहामा लाग्नुहोस् । एक दिन तपाई यो विशाल पार्टीको अध्यक्ष र यो स्वाधिन राष्ट्रको कार्यकारी पदमा पुग्नुहुनेछ । यो हामी सबैको सपना, चाहना र बिश्वास हो ।

सधै तपाईंको शुभचिन्तक शुसिल ज्ञवाली

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्