बाँकेका पहिलो संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ

बाँके, ३० बैशाख । जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा पारस खड्काले जानकारी दिए । नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना संक्रमण देखिएको छ ।

यस्तै नेपाल-भारत सीमानाका जोडिएको जिल्लाको जमुनाहलगायत खुला सीमानाकामा लुकिछिपी नेपाल आवतजावत हुन नदिनका सीमा क्षेत्रको निगरानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि जिप्रकाले सीमाक्षेत्रमा आवागमनमा कडाइ गर्न सशस्त्र प्रहरीको निगरानी बढाइएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021