मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली, ३० बैशाख । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित बनबेहडा नजिकै सु.प.प्र.०२–००३ प.३३२७ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्वर १ बस्ने ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त मोटरसाइकलमा सवार १५ वर्षीय माइकल शाही घाइते भएका छन् । घाइते शाहीको सेती अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले