सगरमाथा मापनको काम सकियो

काठमाडौँ, ३० वैशाख । झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो। तर लकडाउनका कारण अन्तर्रा्ष्ट्रिय गोष्ठी गर्न नसकिएको विभागका सूचना अधिकारी दामोदर ढकालले जनाए । सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।

केही महिनाभित्र सगरमाथा मापनको उचाइ घोषणा गर्ने तयारी विभागका अधिकारीले गरेका छन् । ‘फिल्डको काम पूरा भएको छ । डाटा प्रोसेसिङको काम सकिएपछि  उचाइ घोषणा गर्छौं,’ ढकालले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021