वाग्मती गाउँपालिकाको आफ्नै गान

ललितपुर, २९ वैशाख । ललितपुरको वाग्मती गाउँपालिकाको आफ्नै ‘वाग्मती गान’ सार्वजनिक गरेको छ । गानमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आर्चायले शब्द रचना गर्नुभएको हो । त्यस्तै स्वर युवराज आचार्य, तुलसी पराजुली, सरोज लामा लगायतका साथीहरुको रहेको छ । उक्त गाउँपालिकाको गानको म्यूजिक कम्पोज तुलसी पराजुलीले गर्नुभएको छ ।

सोमवार पालिकाको कार्यापालिकाको बैठकले गाउँपालिकाको गान सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।

गाउँपालिकाको गानमा गाउँपालिकाको भूगोल, कला, सँस्कृति र मौलिकताको बारेमा चिनारी गरिएको छ । आगामी दिनमा पालिकाको औपचारिक कार्यक्रममा सो गान गाएर मात्र शुरुवात गरिने छ ।

गाउँपालिकाका अध्यक्ष लोप्चनले वाग्मती गानले गाउँपालिकाको वस्तुस्थिति झल्काएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले वाग्मती गानले गाउँपालिकाको मौलिकता र उजार गर्ने प्रयास गरेको जानकारी दिनुभयो ।

सोमवार नै बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाका अध्यक्ष वीरबाहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरे, सबै वडाध्यक्ष, वडा सदस्य र कार्यपालिकाका सदस्य गरी ३८ जन जनप्रतिनिधिको बैशाख महिनाका सेवा सुविधा बराबरको रकम गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको उपाध्यक्ष घिमिरेले बताउनुभयो ।

उक्त कोषमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले यस अघि नै एक महिनाको तलब र वडा नं. ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले एक लाख एक हजार रुपियाँ जम्मा गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021