राष्ट्रियताको सवालमा मर्न र मार्न तयार छु, खुट्टा कमाउँदिन : मन्त्री अर्याल

काठमाडौँ, २९ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रियताको सवालमा मर्न र मार्न तयार रहेको बताउँदै तथ्य र प्रमाणका आधारमा लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग हुन भन्ने कुरामा आफु जस्तोसुकै समयमा भारतसँग वार्ता तथा छलफल गर्न तयार रहेको उद्घोष गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै मन्त्री अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने यथेष्ट प्रमाण संकलन गरेकै कारण जुनसुकै टेबलमा बसेर पनि वार्ता गर्न सक्ने अवस्थामा आफू पुगेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियताको सवालमा मर्न र मार्न तयार छु, कहीँनेर खुट्टा कमाउँछन् कि भनेर आशंका नगर्नुस् । मेरै कुरा गर्नुहुन्छ भने म त जतिबेला महाकाली सन्धि भएको थियो । त्यतिबेला चार महिनाको बच्चा छोडेर राष्ट्रघात भयो भनेर मार्च पास गरेर आएको मान्छे हो । त्यो बेलादेखिको एक खालको भावना छ ।’

लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग होइन भनेर नबोलेको उल्लेख गर्दै ती भूभाग नेपालका हुन् भन्ने सबुत प्रमाण जुटाएर आफू बसेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले कहिल्यै र कहीँ पनि लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेको छैन । बरु प्रमाणहरू कहाँ पाउन सकिन्छ, त्यसको खोजीनीति गरेर प्रमाण जुटाउने कुरामा एथेष्ट भूमिका खेलेको छु ।’

अहिले प्रचलनमा रहेको नक्सा ०३२ सालको भएको र त्यसमा लिम्पयाधुरा, कालापानी र लिपुलेक नरहेको प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘त्यो नक्सामा यी भूभाग छैनन् । मैले नचाहेर पनि तीतो सत्य दुनियाँको अगाडि छर्लंग भएको दृश्य हो । नक्साको विषय घामजस्तै छर्लंग भएकाले यसलाई उछाल्न जरुरी छैन । ती नेपालको हुन् भन्न विवादित क्षेत्र जति पनि छन् । ती नेपालको हुन् भन्न सक्ने, वार्ता गर्न सक्ने प्रमाणका साथ हामी छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ वैशाख । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ ।

विराटनगर, २२ वैशाख । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट २५ लाख

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सम्पन्न भएको छ । पछिल्लो

काठमाडौँ, २२ वैशाख । नेकपा एमालेका युवा नेता तथा व्यवसायी ध्रुव अधिकारीले प्रतिनिधिसभाको समानुपातीक सांसद रामकुमारी झाँक्रीमाथि कडा आक्रोस जनाउनुभएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021