बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

गलेश्वर, २९ बैशाख । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिबार राति १० बजे बेनी नगरपालिका-१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बुबा मिनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए । अभियुक्त कुमारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए । कुमारले प्रहार गरेको ढुङ्गाले अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो ।

प्रनाउ कुँवरका अनुसार छोराले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाको बयान दिएकी र छोरा कुँवरले पनि स्वीकार गरेका छन् । ‘अभियुक्तलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ’, प्रनाउ कुँवरले भने ।

अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छानुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेको बताइएको छ । घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरी मुचुल्का बनाई फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021