इस्कोन संस्थाद्वारा फुकेटमा पाँच दिनदेखि दैनिक ६ सयलाई खाना

काठमाडौँ, २९ वैशाख । विश्वव्यापी महामारी कोराना भाईरस कोभिड १९ का कारण नेपालमात्रै लकडाउनमा छैन, विकसित मुलुक थाइल्याण्ड पनि लकडाउनमै छ ।

लकडाउन हुने वित्तिकै कोही पनि घरबाहिर निस्केर दैनिक आयआर्जन या रोजगारीमा जान पाउने कुरै भएन । यस्तो अवस्थामा दैनिक खानेकुराको जोहो गर्न नेपालीलाई मात्रै होइन थाइल्याण्डको अर्काे शहर फुकेटवासीलाई पनि उत्तिकै समस्या रहेछ ।

अरुलाई समस्या पर्दा सहयोग गर्न नेपालीहरु कहिल्यैपनि पछि हट्दैनन भन्ने कुराको गतिलो उदाहरण थाइल्याण्डमा बस्दै आएका नेपालीहरुले दिएका छन् ।

नेपालीहरु सम्मिलित संस्था इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सियसनेस (इस्कोन) थाई—नेपाली एशोसियसन फुकेटले गत मे ६ तारिखदेखि दैनिक ६ सयजनालाई निःशुल्क खाना खुवाएर नेपालीको सहयोगी भावनाको उदाहरण प्रस्तुत गरिरहेका छन् ।

लकडाउनका कारण समस्यामा परेका फुकेटवासीलाई मे ३० तारिखसम्म निशुल्क खाना खुवाउने काम जारी रहने इस्कोन थाई—नेपाली एशोसियसन फुकेटले जनाएको छ ।

त्यस्ता व्यक्तिहरुलाई थप सहयोग गर्ने कोही नेपाली या अन्य दाता भएमा इस्कोन थाई—नेपाली एशोसियसन फुकेटसंग समन्वय गर्न पनि सो संस्थाले आग्रह गरेको वरिष्ठ फोटो पत्रकार न्हुच्छेमान डंगोलले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।