छोराले चिर्पट प्रहार गर्दा बुबाको मृत्यु

धनुषा, २८ वैशाख । छोराले चिर्पट प्रहार गर्दा बुबाको मृत्यु भएको छ ।

मंगलबार छोराको चिर्पट प्रहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठको मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा ३० वर्षीय छोरा नरेश महासेठले बुबा जोगी महासेठमाथि दाउराको चिर्पट प्रहार गरेका थिए । छोरोको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका जोगीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिर्पट प्रहार गरि नरेश फरार रहेकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज

काठमाडौँ, १२ माघ । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच

टीकापुर, १२ माघ । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि

काठमाडौँ, १२ माघ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार