भारतले कूटनीतिक समाधान नचाहे नेपालले अर्कै बाटो रोज्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा नेपालले त्यसविकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

भारतले नेपालको लिपुलेक भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माण गरेको विषयमा छलफल गर्न आयोजित प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा दाहालले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको बताउनुभयो ।

लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने बताउँदै उहाँले भन्नुभयो, ‘उच्च राजनीतिक र कूटनीतिक माध्यमबाट समस्या समाधान नहुने हो भने के गर्ने भन्ने निष्कर्षमा नेपाल पुग्नुपर्छ । लिपुलेकको अहिलेको समस्यापछि यो सीमा समस्या त्रिदेशीय बन्न गएको छ । भारत र चीनबीच व्यापारिक सम्झौता भएको हुनाले पनि यो त्रिदेशीय बन्न पुगेको हो ।’

नेपाल भारत सीमा समस्या अहिलेको नभई विगतको लामो इतिहासदेखी नै भएकाले त्यसलाई कुटनीतिक पहलबाट नै समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन भनि सोचेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भारतले विवगतदेखि नै लिपुलेक, लिम्पियाधुरा र कालालापानी आफ्नो नक्सामा राख्दै आएकोमा सुगौली सन्धियता नेपालमा रहेको भूमागलाई फिर्ता ल्याउन पहल हुनुपर्ने बताउँदै उहाँले नेपाल सरकारले अब पत्र लेख्ने मात्रै नभइ निर्णायक पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९

shankar-pokharel

काठमाडौँ, ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको

एजेन्सी, ६ माघ । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । समाचार एजेन्सी

काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्