काठमाडौँ, २८ वैशाख । अहिले देशका पश्चिमी भु–भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको र बाँकी भु–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार दिउँसो देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । पश्चिमी भू–भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति भने देशको पश्चिमी भु–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमि भु–भागका थोरै स्थानहरु लगायत मध्य र पूर्वका १र२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहितवर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।