ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २७ बैशाख । झापाको कमल गाउँपालिका–५ स्थित रवि पेट्रोल पम्प नजिकै ना ६ ख नम्बरको मालवाहक ट्रकले बा ८६ प ९७७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का ३१ वर्षीय रनबहादुर लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधन नियन्त्रण लिए पनि ट्रक चालक फरार रहेको जनाइएको छ । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका