नेपाल एयरलाइन्सको जहाज चीनको चाङ्सातर्फ उड्यो

काठमाडौँ, २७ बैशाख । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ ।

चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज गन्तव्यतर्फ गएको निगमका प्रवक्ता अर्चना खड्काले बताए । निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चार्टर्ड गरेका हुन् । निगमको चीनका विभिन्न गन्तव्यमा यो छैटौं उडान हो ।  यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएको थियो । चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चार्टर्ड उडान गरेको थियो ।

लकडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ । त्यस्तै पाँच चार्टर्ड उडान गरेको छ । लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चार्टड उडान गर्यो भने जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चार्टर्ड उडान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021