लिपुलेक, कालापानीबारे सरकार सजग छ, आवश्यकता अनुसार कदम चाल्छ : मन्त्री ज्ञवाली

काठमाडौँ, २६ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिपुलेक, कालापानीबारे सरकार सजग रहेको उल्लेख गर्दै सरकारले आवश्यकता अनुसार कदम चाल्ने बताउनुभएको छ ।

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गरेसँगै नेपाल सरकार यसबारे जानकार रहे नरहेको र आगामी कदम के हुने भन्नेबारे मन्त्री ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको जानकारी गराउनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गर्नुभएको थियो ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ। भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । प्रचण्ड-माधव समूहमा फेरी पहिरो गएको छ । नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता

काठमाडौँ, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध बुधवार अदालत खुलेलगत्तै दर्ता भएका

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड)१९० विरूद्धको खोप नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको बताएका छन । आज कोरोनाविरूद्ध