हिमालय एयरलाइन्सको जहाज छोङ्छिङ् प्रस्थान

काठमाडौँ, २६ वैशाख । चीनको छोङ्छिङ्मा आज साँझ ५ः००बजे हिमालय एयरलाइन्स एअरबस ३२०(२१४ )एन–एएलडब्ल्यू कार्गाे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको छ । र आजै राति ११ः३५ बजे (स्थानीय समय) छोङ्छिङ् जियाङ्गबे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।

उक्त विमान भोलि ४ः३५ बजे (स्थानीय समय)मा स्वास्थ्य सामाग्रीहरु सहित उड्ने र काठमाडौंमा ०६ः३० बजे आगमन हुने तालिका रहेको छ ।

उडानमा सरिक चालकदलले नेपाल सरकारको निर्देशनअनुरुप पालना गर्नुपर्ने आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अबलम्बन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो । उक्त्त कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामाग्री ल्याउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन

पाल्पा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वाई

काठमाडौँ, १० माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको