सांसदको परीक्षणलाई लिएर सञ्चारमाध्यमा गलत प्रचार भयो : मन्त्री ढकाल

काठमाडौँ, २६ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९)को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताउँदै सांसदको परीक्षणलाई लिएर सञ्चारमाध्यमा गलत प्रचार भएको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित सङ्घीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा कार्यक्रम सुझाव सङ्कलनका क्रममा उनले पिसिआर परीक्षणका लागि पर्याप्त किट भएको जानकारी दिए ।

उनका अनुसार अहिले सरकारसँग पर्याप्तमात्रामा पिसिआर किट रहेको छ । २० हजार चीन र ३० हजार स्विट्जरल्याण्ड सरकारले किट उपलब्ध गराएको छ । मन्त्री ढकालले कोभिड–१९ बढी जोखिम देखिएको उदयपुर, पर्सा र नेपालगञ्जमा मन्त्रालयबाट विशेष टोली परिचालन समेत भएको जानकारी दिए ।

उनले हिजो सांसदको परीक्षणलाई लिएर सञ्चारमाध्यमा गलत प्रचार भएको बताए । ‘सञ्चारमाध्यमले जनताको परीक्षण नगरेर सांसदको पिसिआर विधिबाट परीक्षण गरेको भनेर प्रकाशित गरे’, उनले भने, ‘‘तर त्यसो होइन । सांसदमा हिजो २१२ जनाको तथा अन्य सुरक्षाकर्मी र कर्मचारीको १७९ गरिएको छ । त्यहाँ सांसद जतिकै अन्यको पनि परीक्षण गरिएको छ ।’

उनले प्रदेशमा समान रुपले परीक्षण किट पठाइएको भन्दै बढी संवेदनशील ठाउँमा केन्द्रबाट नै विशेष टोली खटाइएको बताए । सो कार्यक्रममा सांसद जुलीकुमारी महतोले प्रदेश नं २ मा पर्याप्तमात्रामा परीक्षण गर्नुपर्ने बताइन् । उनले सरकारले नयाँ कार्यक्रमभन्दा पहिलेको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।

सांसद समिना हुसेनले पिसिआर परीक्षण कम भएकाले बढाउनुपर्ने बताइन् । सांसद सुरेशचन्द्र दासले भारतमा अलपत्र परेका नेपालीलाई परीक्षण गरेर क्वारेन्टाइनमा राखेर नेपाल भित्र्याउनुपर्ने बताए ।

सांसद सरिताकुमारी गिरी र चाँदतारा कुमारीले टेकुस्थित सरुवा रोग अस्पतालले मुलुकका बिरामीलाई थेग्न नसक्ने भन्दै सातवटै प्रदेशमा सरुवा अस्पताल निर्माण गर्नुपर्ने बताए । सांसद लीला श्रेष्ठले स्वास्थ्यका क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताइन् । सांसद तुलसाकुमारी दाहालले एक परिवार एक सदस्यलाई पिसिआर विधिबाट कोभिड–१९ परीक्षण गर्नुपर्ने बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा