मानव कल्याणलाई ४० हजार नगद सहयोग

भक्तपुर, २६ बैशाख । मानवताको दियो बाल्ने अभियानमा जुटेको मानव कल्याण समाज सेवा घरको आश्रयमा रहेका सहयोगापेक्षी सडकमानवहरुको लागि न्यौपाने बन्धु समाजका प्रमुख संरक्षक नारायण प्रसाद न्यौपानेले ४० हजार नगद सहयोग सेवा घरकी अध्यक्ष सुमी मानवलाई हस्तान्तरण गरेका छन् ।

नियमित मासिक रुपमा सेवा घरलाई रु ५ हजार सहयोग गर्दै आउनु भएका न्यौपानेले स्व। ईश्वरी न्यौपानेको स्मृतिको अवसर पारेर एकमुष्ट ८ महिनाको ४० हजार सहयोग गरेको सेवाघरकी अभियान्ता शुसिला चौलागाईले अवगत गराईन् । साथै दानविरदाता न्यौपानेले मासिक सेवालाई सेवाघरको आवाश्यकता बमोजिम निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

ओम कृष्ण सेवा सदन झौखेलको प्राङ्गणमा सञ्चालनार्थ रहेको सेवाघरलाई थप व्यवस्थित बनाई सेवा सदनका संरक्षक एवं वरिष्ठ समाजसेवी स्व कृष्ण प्रसाद दहालको सदिच्छा बमोजिम सेवा सदनबाट आगामी कार्यक्रमहरु तय गरिने सेवा सदनका अध्यक्ष बालमुकुन्द सुवालले अवगत गराए । सेवासदनका संरक्षक स्व। दहालले अशक्त, असहाय, वेसाहरा बृद्धबृद्धाहरुको लागि आश्रम बनाई सेवा सुचारु गर्ने भनि केहि वर्ष अगाडि झण्डै ४ रोपनी क्षेत्रफल रहेको जग्गा दान गरेको सेवा सदनका अध्यक्ष सुवाल बताउछन् ।

समाजसेवी दाहालको सदिच्छा बमोजिम निर्धारित कार्यहरु गर्न सहयोगीमनहरुलाई अध्यक्ष सुवालले अपिल समेत गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा न्यौपाने बन्धु समाजका महासचिव तथा गैसस महासंघ भक्तपुरका सचिव नारायण न्यौपाने, ओम कृष्ण सेवा सदन एवं पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्ले, समाजसेवी सिमा थापा एवं रुकेश थुईया, सेवाघरका सचिव विजय कुमार पोखरेल, ओमकृष्ण सेवासदनका सदस्य विष्णु सुवेदी लगायत सेवाघरका शुभेच्छुक एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले

काठमाडौँ, ७ माघ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योती

काठमाडौँ, ७ माघ । आज सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५

काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढ़ेर प्रतितोला