विराटनगर, २६ बैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणबाट निको भएर ७ जना नेपाली र एक जना भारतीय नागरिक शुक्रबार विहान डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् । २ जना भने विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन । एक जना भारत दिल्लीबाट आएका जमाती हुन् ।
डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो । निको भएकाहरुको विदाइ गर्न शुक्रबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना उपचार केन्द्रमा पुगेका थिए । संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए ।