काठमाडौँ, २६ बैशाख । आज विश्व रेड क्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको एक सय ९२ औँ जन्म दिवसका अवसरमा विश्वभरि याे दिवस मनाइँदैछ ।
दिवसका अवसरमा नेपालमा पनि कोभिड १९ तथा लकडाउनकाे बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ मनाइँदैछ ।
स्वयंसेकहरुको सम्मानमा सामाजिक सञ्जालमा तालीको सङ्केत दिने, अनुभवका कथा र सन्देश प्रकाशन र प्रसारण गर्ने तथा बिरामीलाई फलफुल वितरणजस्ता क्रियाकलाप गरिने रेड क्रसले जनाएको छ । रेड क्रसको सङ्गठन अहिले एक सय ९२ देशमा छ । अहिले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाइ अभियान सञ्चालन भएका छन् ।
विश्वभर रेडक्र सका एक करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यलगायतका काम गर्दै आएको रेड क्रसले जनाएको छ ।