अमेरिकामा काेराेना संक्रमितकाे संख्या १३ लाखनजिक

एजेन्सी, २६ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट बिहाबार मात्रै २९ हजार ५३१ जना काेराेना संक्रमित भेटिएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ पुगेकाे छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेकाे संख्या ७६ हजार ९ सय २८ पुगेकाे छ ।

कुल संक्रमितमध्ये २ लाख १७ हजार २५० जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ९८ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १५.६ हजार ९९५ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

अहिलेसम्म न्यूयोर्कमा ३ लाख ३७ हजार ४२१ जना संक्रमित भएका छन् भने २६ हजार ३ सय ६५ जनाकाे मृत्यु भइसकेकाे छ ।बिहीबार मात्र त्यहाँ ३ हजार ९ सय ३० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ सय ९ जनाकाे मृत्यु भएकाे छ ।

यता न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८३४ पुगेको छ । त्यहाँ एकैदिनमा बिहीबार मात्र २६२ को मृत्यु भएकाे छ भने २ हजार ४७ नयाँ संक्रमित थपिएका छन् । याे सँगै न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ३५ हजार पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक